काठमाडौं । वैशाख ३० गते भएको स्थानीय चुनावको बिहीबार बेलुकीसम्म ६ सय पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा नेपाली कांग्रेसले २६५ पालिका प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी १६९ पालिका जितको नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्र १०८ स्थानीय तहमा जित हाँसिल गर्दै तेस्रो स्थानमा रहको छ भने जनता समाजावदी पार्टी (जसपा)ले १७ पालिकामा जितेको छ ।
त्यस्तै नेपकपा एकीकृत समाजवादीले अहिलेसम्म १४ ठाउँमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन ठाउँमा जित्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चार पालिकामा जितेको छ ।
त्यसैगरी अहिलेसम्म स्वतन्त्र उम्मेदवारले पाँच ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चाले दुई, नेमकिपाले एक ठाउँमा जित हात पारेको छ । र, अन्य २१ पालिकाका प्रमुखरअध्यक्षमा निर्वाचित भएका छन् ।




