समाचार

चंखेलीमा मतगणना जारी

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ । बिहीबार बिहान ७ बजेदेखि मतगणना जारी छ । संघीय सांसद छक्कबहादुर लामासहित हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस माग गरेपछि चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा मतगणना भइरहेको हो ।

चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा ४ जेठमा मतदान कार्य सम्पन्न भएपछि गरिएकाे मतगणना स्थगित भएको थियाे । तर,  बिहीबार बिहानबाट मतगणना कार्य गरिएको निर्वाचन अधिकृत हेमकुमार ढकालले जानकारी दिए ।

उक्त महादेव मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सीता परियार जानकारी दिए । चंखेली-२ मा रहेको मतदान केन्द्रमा जम्मा ९०३ जना मतदाता छन् । जसमध्ये ७८० मत खसेको र खसेको मतको कुल खसेको मतमा ३९५ पुरुष र ३८५ महिलाले मतदान गरेका हुन् ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *