स्थानीय तह निर्वाचन-२०७९

भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै, सुवेदी रोकिए

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

हालसम्म २७ हजार २६७ मतगणना हुँदा माओवादी केन्द्रकी रेनुले ९५४२ मत प्राप्त गरेकी छिन् । जुन नेकपा एमालेबाट मेयरमा उठेका विजय सुवेदीको भन्दा १६ सय मत बढी हो । सुवेदीले ८ हजार २४० मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । रेनुको अग्रता बढिरहँदा सुवेदीले भने मतान्तरलाई घटाउन सकेका छैनन् ।

अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *