स्थानीय तह निर्वाचन-२०७९

काठमाडौं महानगर अपडेटः स्थापित र सिंहको मत जोड्दा पनि बालेनकै धेरै

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *