काठमाडौं ।मतगणना चलिरहेको चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन्।
बुधबार बिहानसम्म सार्वजनिक मत मरिणाम अनुसार प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवार विजय सुवेदीलाई दाहालले ९ हजार ११९ मतले पछि पारेकी छन्। सुवेदीले अहिलेसम्म ७ हजार ८९२ मत मात्रै प्राप्त गरेका छन्।
भरतपुरमा अहिलेसम्म २५ हजार ३५८ मत गणना सकिँदा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ११२ मत प्राप्त गरेका छन्।
भरतपुरको उपमेयरमा सत्तागठबन्धनबाट कांग्रेसकी उम्मेदवार चित्रसेन अधिकारी अघि छन्। उनले अहिलेसम्म १० हजार ७७४ मत प्राप्त गरेका छन् भने एमालेका हिमाल गुरुङले ६ हजार ४५४ मत प्राप्त गरेका छन्।
मतगणना चलिरहेको वडा नम्बर ६ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार कृष्णलाल श्रेष्ठ अघि छन्। उनले १ हजार ५८९ मत पाउँदा एमालेका डोल नारायण अघिकारीले १ हजार ४५४ मत प्राप्त गरेका छन्।




