समाचार

हेटौँडामा फेरि राप्रपाको अग्रता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि त्रिपक्षीय भिडन्त थप रोचक बन्दै गएको छ ।

उपमहानगरपालिकाको २२ हजार ८५० मत गणना गरिसक्दा मेयर पदमा राप्रपाबाट उम्मेदवारी दिएक दीपक बहादुर सिंहले फेरि अग्रता लिएका छन् । सिंहले अहिलेसम्म ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले ८ हजार ६७ मत ल्याउदै दोस्रो स्थानमा रहेकी छिन् भने नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ६ हजार ५२१ मत प्राप्त गर्दै राप्रपाका सिंह भन्दा १ हजार ७४४ मतान्तरले पछि परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *