सम-सामयिक

आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन् ।

गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी भएका हुन् ।  अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा विजयी नेपालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *