समाचार

मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत संकलन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खसेको जानकारी दिएको छ ।

शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएका उनले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र वाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *