समाचार

बेलकोटगढी १३ को वडाध्यक्षमा नमराज पाण्डे वलियो

नुवाकोट । स्थानिय निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा चुनावी रौनक छाएको छ ।

निर्वाचन आउँन मात्र ६ दिन बाँकी रहँदा बेलकोटगढी वडा नम्बर १३ धेरै चर्चाको विषय बनेको छ । वडामा  नेपाली काग्रेसको तर्फबाट  उम्मेद्धवार बनेका नमराज पाण्डेको कारण यो वडा चर्चाको शिखरमा छ ।

 वडाध्यक्षमा पाण्डेले उम्मेद्धवारी दिएसँगै बेलकोटगढी १३ मा पाण्डेनै वलियो रहेको जानकारहरु बताउँछन् ।

२०७४ सालको स्थानिय निर्वाचनमा नगरका अधिकांश स्थानमा कांग्रेसका उम्मेद्धवार पराजित भएका थिए  ।

 उनले वडामा आफ्नो कुनैपनि व्यक्तिसँग प्रतिष्पर्धा नहुने बताएका छन् ।वडा नम्बर १३ मा एमालेको तर्फबाट वडाध्यक्षमा पशुपति लोहनी र मावोबादी बाट धनबहादुर लामाले उम्मेद्धवारी दिएका छन् ।गठबन्धन दलको तर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरमा जगत लामा र उप मेयरमा शिब दाहाल ले उमेदवार दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *