समाचार

काठमाडाैँ कसैले बनाउँछ भने त्याे सिर्जना सिंह हाे : सभापति बानियाँ

काठमाडाैँ । नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति इन्द्र बानियाँले काठमाडाैँलाई काठमाडाैँजस्ताे बनाउन सिर्जना सिंहले मात्रै सक्ने बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित सत्ता गठबन्धनकाे चुनावी सभलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘याे काठमाडाैँ संघीय राजधानी हाे ।

याे राम्राे हुनुपर्छ । काठमाडाैँ भन्दामात्रै राम्राेजस्ताे तर, हेर्दाचाहिँ नराम्राे भयाे । अब याे राम्राे कसैले बनाउँछ भने त्याे सिर्जना सिंह मात्रै हाे,’ उनले भनेका छन् ।

उनले यसपटक काठमाडाैँमा सिर्जनाले नै जित्नुपर्छ बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *