समाचार

ओली ‘कुराैटे शिरोमणि’ हुन्, सगरमाथामा धान फलाउँछु भन्नु बेर छैन : श्रेष्ठ

भरतुपर । सामान्य प्रशासनमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले भरतपुर महानगर रेनु दाहालकाे नेतृत्वमा कायालपट हुने बताएका छन् । बिहीबार भरतपुरमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले यस्ताे बताएका हुन् । ‘हामी विश्वास गर्न सक्छाैँ कि रेनु दाहालजीकाे नेतृत्वमा भरतपुर कायापलट हुन्छ ।’

यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुराैटे शिराेमणि’काे संज्ञा दिएका छन् । ‘यिनले पानीजहाजकाे सपना देखाए । अरु त के के भने भने । गर्न भने केही गरेनन् । ओली कुराैटे शिराेमणि हुन्; सगरमाथामा धान फलाउँछु भन्नु बेर छैन,’ श्रेष्ठले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *