समाचार

स्थानीय तह निर्वाचन : रसुवामा पाँच उम्मेदवार निर्विरोध

रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँच जना निर्विरोध चयन भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका-२ र ५, कालिकाको वडा नम्बर-१ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसकी दिलमाया विक, वडा नम्बर ४ मा माओवादी केन्द्रकी गममाया विक, कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *