समाचार

ओलीलाई गगनले भने – मुखमा अँगार हुनेले ओकल्ने कालो नै हो

काठमाडाैँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताएका छन् ।

उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।

“जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ रु केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले ।”

उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे ।

“बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,” उनले भने, “केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *