समाचार

डब्बल उम्मेदवारी परेका २० वटा विवाद मिल्यो

काठमाडौँ ।निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सल्टाएको छ ।

निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *