समाचार

नुवाकोटको ११ पालिकको प्रमुखमा कांग्रेसले दियो उम्मेदवारी

नुवाकोट । नेपाली कांग्रेसको नुवाकोटले बेलकोटगढी नगरपालिकाको प्रमुख बाहेकको पदमा उम्मेदवारी दिएको छ । कांग्रेसले बोलकोटढी मओवादीका लागि छाडेको हो । कांग्रेसले तीन पालिकामा गठबन्धन गरेको भए पनि प्रमुख एक ठाउँमात्र छाडेको छ ।

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि कांग्रेसले बेलकोटगढीको उपप्रमुखमा शिव दाहाललाइ उम्मेदवार बनाउने निर्णय षरेको छ । त्यस्तै विदुर नगरपालिकाको प्रमुखमा राजनलाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोहि अनुसार श्रेष्ठले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले जानकारी दिए ।

त्यस्तै दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा पुर्णबहादुर तामाङ, उपाध्यक्षमा अन्जु आचार्यलाइ उम्मेदवार बनाएको छ । आचार्य यसअघि पनि सोही गाउँपालिकाकी उपाध्यक्ष हुन । त्यस्तै शिवपुरी गाउँपालिकामा गोविन्द थपलियालाइ अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा इन्दिरा थापालाइ उम्मेदवार बनाएको छ ।

त्यस्तै तादी गाउँपालिकाको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उम्मेदवारी दिएका छन भने उपाध्यक्षमा इश्वरी उप्रेतीले उम्मेदवारी दिएकी छिन ।

कांग्रेसबाट पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा यसअघि पनि सोही पदमा पराजित भएका माधव प्रसाद खनालले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा सलिना केसीको उम्मेदवारी परेको छ । त्यस्तै सुर्यगढी गाउँपालिकाको अध्यक्षमा सन्तबहादुर घले र उपाध्यक्ष मन्जु बुढाथोकी ढकालको उम्मेदवारी परेको छ ।

कांग्रेसले लिखु गाउँपालिकाको अध्यक्षमा पुन ध्रुव श्रेष्ठलाइ उम्मेदवार बनाएको छ । त्यस्तै उपाध्यक्षमा शुभद्रा अधिकारी उम्मेदवार भएकी छिन ।

ककनी गाउँपालिमा कांग्रेसले सबैभन्दा कमजोर उम्मेदवार उठाएको छ । ककनीको अध्यक्षमा न्युज २४ टेलिभिजनका बजार व्यस्थापक नवराज घिमिरेलाइ उम्मेदवार बनाएको छ । त्यस्तै उपाध्यक्षमा प्रमिशा तामाङलाइ उम्मेदवार बनाएको छ । कांग्रेसले उम्मेदवारी फिर्ता गरेर माओवादीलाइ सहयोग गर्न यसो गर्न खोजेको अनुमान धेरैले गरेका छन ।

त्यस्तै किस्पाङ् गाउँपालिकाको अध्यक्षमा छत्र बहादुर लामा र उपाध्यक्षमा दिलकुमारी मोक्तानले उम्मेदवारी दिएकी छन । कांग्रेसबाट म्यागङ् गाउँपालिकाको अध्यक्षमा आशा तामाङ र उपाध्यक्षमा सिता तामाङ उम्मेदवार बनेका छन ।

त्यस्तै तारकेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेस नेता डा रामशरण महत र रमेश महतलाइ दुइ क्वाल पाइपमा फोटो खिचाउने शिव अधिकारीले पाएका छन । उपाध्यक्ष भने कांग्रेसले माओवादीका लागि छाडेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *