मनाङ । जिल्लाकाे नासाें गाउँपालिका ५ मा थुतेन लामा निर्विराेध निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट वडा नं. ५ काे वडाध्यक्षका लागि उम्मेदवारी दिएका लामाले निर्विराेध निर्वाचित भएका हुन् ।
कसैकाे पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत निर्वाचित बनेका हुन् । यहाँकाे ङिस्याङ गाउँपालिका ९ मा पनि माओवादी नेता च्याेल्पा गुरुङ निर्विराेध निर्वाचित बनेका छन् । याेसँगै यहाँ २ वडाध्यक्ष निर्विराेध रूपमा निर्वाचित बनेका छन् ।




