समाचार

गोकर्णेश्वर नगरपालिकामा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

काठमाडाैँ । गाेकर्णेश्वर नगरपालिकामा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएकाे छ । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएकाे हाे ।

दुई पार्टीबीच बनेकाे सहमतिअनुसार मेयरमा एकीकृत समाजवादीका गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रकी पेमाछिरी शेर्पा उम्मेदवार बन्नेछन् ।

यसैगरी नगरभित्रका वडाहरूमा पनि सहमति भएको एकीकृत समाजवादीका वडा नं. ४ का अध्यक्ष विजयकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकामा भएको ९ वटा वडाहरूमध्ये माओवादी केन्द्रलाई १,२,३,५,७ र ९ गरी ६ वटा र बाँकी ४,६ र ८ एकीकृत समाजवादीले लिने भएकाे छ ।

मेयर बराल, उपमेयर शेर्पासँगै वडाका प्रत्याशीहरूले साेमबार उम्मेदवारी दिने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *