मुख्य समाचार

प्रधानमन्त्री र अमेरिकी सांसदहरूको टोलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरूको टोलीलाई भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले ५ सदस्यीय टोलीलाई भेट गरेका हुन् ।

सो भेटको क्रममा नेपाल–अमेरिका मित्रता र सरकार, संसद् र जनता आवद्ध बहुआयामिक साझेदारीका उपायबारे बिचार आदान–प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटपछि शनिबार नै प्रधानमन्त्रीले यसबारे जानकारी दिएका थिए । भेटको क्रममा नेपाल जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ ।

युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा रहेको उक्त टोली शुक्रबार नेपाल आइपुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *