समाचार

मेयर पदका लागि पोखरा कांग्रेस वडा सभापतिहरू बैठकमा

काठमाडौं । एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।

‘बैठक बस्र छलफल हुन्छ । सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौं ।’

अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ । बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेद्वार उठाएर जाने थापाले बताए । सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ । विशेषगरि स्थानीय चुनाव केन्द्रित विषयका लागि बैठक जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *