राजनीति

नयाँ वर्षले समाजवादको यात्रामा अग्रसर हुने प्रेरणा मिलोस् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराइ सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसह हुने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

“नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु,” उनको सन्देशमा भनिएकाे छ ।

अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गइरहेको स्मरण गराएका छन् ।

लोकतन्त्र र संविधानका विरुद्ध देखा परेको प्रतिगमनकारी षड्यन्त्रलाई चिर्दै जनापर्नेमा प्रचण्डले जोड दिए । लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *