बाजुरा । बाजुरामा ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील तोकिएको छ । जिल्ला सुरक्षा समितिले बाजुराले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील र सातवटा सामान्य रहेको जनाएको छ ।
मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । बाजुरामा नौवटा स्थानीय तह रहेका छन् । बडिमालिका नगरपालिकाको दुईवटा संवेदनशील र सातवटा सामान्यमा रहेका छन् ।
त्रिवेणी नगरपालिकामा ५ ओटा अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको तोकिएको छ । बुढीगंगा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र चार ओटा संवेदनशील मतदान केन्द्र छन् । बुढीनन्दा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ६ ओटा संवेदनशील रहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा चार अतिसंवेदनशील र तीन ओटा संवेदनशील रहेका छन् । गौमुल गाउँपालिकामा पाँचवटा अतिसंवेदनशील र एकओटा संवेदनशील रहेका छन् ।
जगन्नाथ गाउँपालिकामा चारवटा अतिसंवेदनशील र दुई ओटा संवेदनशील छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा दुईवटा अतिसंवेदनशील र तीन ओटा संवेदनशील छन् । हिमाली गाउँपालिकामा पाँच ओटाअतिसंवेदनशील र तीन ओटा संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए ।
निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको विष्टले बताए ।
सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने जनाएको छ । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए ।
जिल्लाका ७० ओटामतदान केन्द्रका र ११२ ओटामतदान स्थलहरु छन् । जिल्लामा कुल ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला गरि जम्मा ८२ हजार ६९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपालगायत १३ वटाराजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।




