राजनीति

सुख्खा पहिरोले स्काभेटर पुरियो : अपरेटर घाइते, दाङ-सल्यान सडक अवरुद्ध

दाङ । सडक निर्माणको क्रममा झरेको सुख्खा पहिरोले स्काभेटर पुरिंदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ ।

मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट-३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूणर् रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरोसँगै झरेको ठूला ठूला ढुङ्गाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *