काठमाडौं । अभिनेता पल शाहको वयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरेसँगे शाहले अदालतमा वयान दिएका हुन् । उनले आरोप अस्वीकार गरेका छन् ।
सरकारी वकिल कार्यालयले शाह विरुद्ध १२ देखि १४ बर्षको कैद सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मतियारको रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग बुधबार बयान लिइने छ । उनको वयान सकिएपछि थुनछेक बहश शुरु हुने छ । अब शाह र पीडित नाबालिगका तर्फबाट वकिलहरुले थुनछेक बहशमा भाग लिनेछन् ।
दुवै पक्षका वकिलहरुको बहस सकिएपछि शाहलाई साधारण तारेख, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिनेछ । बहशमा सहभागी हुने वकिलको संख्याअनुसार बहश कहिलेसम्म जारी रहने भन्ने टुङ्गो लाग्नेछ ।




