रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापको राजनीतिक गरम गरम हुन थालेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा धमाधम निर्वाचनमा उम्मेदवार दिने आकाक्षीहरु खुल्न थालेका छन् ।
यसैबिच युवा व्यवसायी एवं समाजसेवी राज मैनालीले आगामी निर्वाचनमा रामेछापको शुनापाती गाउँपालिकाबाट उम्मेदवार दिने तयारी थाल्नु भएको छ ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य एवं रामेछाप एमालेका युवा नेता मैनालीले पार्टीले उचित ठहराएमा आफूले यस पटक गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने बताउनुहुन्छ । ‘मैले मात्र भनेर त भएन, पार्टीका नेता कार्यकर्ताहरूले उचित ठहराउनुभई सर्वसम्मत मानेको खण्डमा उम्मेदवारी दिन्छु’ मैनाली भन्नुभयो ।
नेपाल राष्ट्रिय बक्सिङका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका मैनाली यातायात तथा होटेल व्यवसायीसमेत हुनुहुन्छ । मैनाली सुनकोसी लहरे माने, सुनपाती शैलुङ पर्यटकीय सरक्षणका अध्यक्ष समेत हुनुहुन्छ । समाज सेवामा निरन्तर सकृया मैनाली आफू उम्मेदवार भई विजयी भएमा गाउँपालिकालाई पर्यटनको माध्यमबाट आर्थिक संवृद्ध बनाउन लागि पर्ने बताउनुहुन्छ । अध्यक्षमा निर्वाचित हुन सकेकमा बृहत् सुनापातीको गुरुयोजनालाई साकार पार्न आफू लागि पर्ने मैनालीको भनाई छ ।
राजनीतिकसँगै समाजसेवामा सकृया युवा नेता मैनालीले आपत् बिपतमा समयमा रामेछापका चार पालिकाहरूमा विशेष सहयोग गर्दै आइरहनुभएको छ । मैनालीले कोभिड नियन्त्रणका समयमा पनि आफू फ्रन्ट लाइनमा बसी पालिकासँग र विभिन्न संघसंसथाको सहकार्यमा काम गरेका थिए ।
एमाले सरकारमा हुँदा केन्द्र र प्रदेशसँग सहकार्य गरी सुनापातीलाई विकास गर्न सडक खानेपानी कृषि सिँचाइ नदी नियन्त्रण गुम्बा मठ मन्दिर निमाणमा बजेट विनियोजन गरी सम्बृद्दतर्फ अगाडि बढाउने काम गरेकोले सुनपातीमा एमाले नै विजयी हुने मैनालीको दाबी छ ।
‘एमालेको चुनाव चिन्हबाट जितेकाहरूले पार्टी छोडेर गद्दारी गरेकाले अब नयाँ नेतृत्व आउनै पर्छ, एमालेको हिजोको कामले पनि जितलाई सहज पारेको छ ।’मैनालीले भन्नुभयो । नयाँ नेतृत्व आवश्यक भए पनि आफुनै उम्मेदवार हुने विषयमा टुङ्गो नलागेको उनले बताए । ‘मेरो आकाङ्क्षा हो, म नै हुन्छु भनेर त म अहिले नै मन्न सक्दिन, पार्टीमा छलफल आवश्यक छ’ मैनालीले भने मैनाली मिसन बचत तथा ऋण सहकारी संस्था लि. सचिव समेत हुनुहुन्छ ।




