राजनीति

कांग्रेस अछामको सभापतिमा शाह विजयी

अछाम।नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् । दाेस्राे चरणको चुनावमा कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए ।

प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७ सय ११ मत प्राप्त गरे । ७ मत बदर भएका छन । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *