समाचार

‘एमालेलाई घेर्ने योजना सफल हुँदैन’

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताएका छन् ।

उनले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरेका छन् । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरेका छन् । नगरपालिकाका प्रमुख उद्धव खरेलले ।स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *