काठमाडौं । अधिवेशन हुन बाँकी रहेका नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरी स्थगित भएको छ ।
कांग्रेसले सूचना जारी गर्दै फागुन १५ गतेका लागि तय गरेको अधिवेशन स्थगित गरेको हो । कांग्रेसले स्थगित भएका जिल्लाको अधिवेशन फागुन २० गते हुनेछ ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।




