
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
एमसीसी विकासका लागि ल्याइएको परियोजना भएकाले अस्वीकार गर्नुपर्ने कारण नरहेको लोसपाको धारणा रहेको छ । एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने मान्यताकासाथ एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय गरिएको नेताहरुले बताएका छन् ।
सरकारले एमसीसी सम्झौता अनुमोदनका गत आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकले उक्त प्रस्तावलाई टुंगो लगाउने तयारी रहेको छ ।