राजनीति

राष्ट्रियसभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया

काठमाडौं । काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो ।

प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *