समाचार

भिजिट भिसामा विदेश जानेको समस्याका बारेमा अध्ययन गर्न समिति गठन

काठमाडौं । भिजिट भिसामा खाडी मुलुकमा गएर नेपालीले भोग्नुपरेका समस्या र समाधानका लागि योजना पेस गर्न सरकारले सात सदस्यीय समिति गठन गरेको छ ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र त्यसबारे देखिएका समस्या समाधान गर्न योजना पेस गर्न गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेसहित सरोकारवाला सरकारी निकायहरूको बैठक बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *