समाचार

विवाह, ब्रतबन्धका लागि प्रशासनको अनुमति लिनुपर्ने

काठमाडौं । कोरोनाको जोखिम बढ्न थालेपछि काठमाडौंमा कडाई शुरु गरिएको छ ।

अब काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ ।

आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।

पार्टी प्यालेसमा क्षमताको एक चौथाई मात्रै सहभागी हुन पाउने तर सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *