काठमाडौं । कोरोना संक्रमण तिव्र बनेपछि काठमाडौं जिल्ला अदालतले सेवा कटौती गरेको छ ।
जिल्ला अदालत काठमाडौंले सूचना जारी गर्दै नियमित सेवामा संकुचन गरेको हो । बन्दीप्रत्यक्षीकरण र थुनुवाका मुद्दामा मात्रै सुनुवाई गर्ने अदालतले जनाएको छ । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले गरेको निर्णयअनुसार जोखिम बढेका कारण सेवा कटौती गरेको अदालतले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंका अनुसार शुक्रबारदेखि माघ १८ गतेसम्मका लागि सेवा कटौती गरेको अदालतले अबस्था सहज भए जुनसुकै बेला पनि निर्णय पुर्नबिचार हुनसक्ने जनाइएको छ ।




