राजनीति

काँग्रेस पिछडिएको क्षेत्रकाे केन्द्रीय सदस्यमा सिंह विजयी

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी दीपकजङ्ग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थ्एि ।

मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *