राजनीति

सहमहामन्त्री आदिवासी जनजातितर्फ देउवा प्यानलका आङ्देम्बे निर्वाचित

काठमाडौँ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

सहमहामन्त्री पदमा बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पछि पार्दै शेरबहादुर देउवा समूहका आङदेम्बे निर्वाचित भएका हुन् । आङ्दाङ्वे २५७८ मत ल्याएर विजयी भए भने लामाले १८२५ मत मात्र प्राप्त गरे ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ। कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *