समाचार

विजयी जुलुस मनाउन थाले कांग्रेस कार्यकर्ता

काठमाडौं ।नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।

मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता बढाएपछि कार्यकर्ताको भिड बढ्दै गएको छ।

यतिबेला सानेपास्थित कांग्रेस कार्यालय परिसरमा कार्यकर्ताहरूको चर्को भिड रहेको छ। महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा करिब जित नजिक पुगेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *