समाचार

सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं ।सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्‌का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ।

सिलवाललाई वर्तमान सरकारले गत १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले सिलवाललाई पुरानै अवस्थामा काम गर्न दिन आदेश दिएको हो।

अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन निर्देशन दिएको छ।

मन्त्रिपरिषद्‌ले बर्खास्त गरेपछि सिलवालले आफूलाई पुनर्बहाली गरिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उनको मागबमोजिम सर्वोच्चले अन्तरिम आदेश दिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *