राजनीति

अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाइ

काठमाडौँ । नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *