काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनका अवसरमा काठमाडौँको भृकुटीमण्डप वरिपरी भएको फोहोर सरसफाई गरिएको छ ।
काँग्रेसको केन्द्रीय प्रचार विभागको सक्रियतामा महाधिवेशनस्थलको प्रचार प्रसार सामग्रीहरु हटाउन थालिएको हो ।
काँग्रेसका नेता विश्वप्रकाश शर्माले फोहोर भएको सडक हटाउने अभियान चलाइएको र सबै फोहोर हटाइने बताएका छन् ।
भृकुटीमण्डप वरपर पर्चा पम्प्लेटले फोहोर भएको भन्दै मिडिया र सामाजिक सञ्जालमा आलोचना भैरहेका बेला काँग्रेस कार्यकर्ताले आफुहरुले गरेको फोहोर सफा गर्न थालेका हुन् ।
काँग्रेस कार्यकर्ताले पोलमा टाँगिएका झन्डा, ब्यानर, पर्खालमा टाँसिएका पम्प्लेटहरु निकालेका छन् ।
नेता शर्माले सरसफाई गर्ने क्रम जारी रहेको र महाधिवेशनका क्रममा भएका सबै फोहोर र प्रचार सामग्री हटाउने बताएका छन् ।




