समाचार

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त रहेका छन् ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका थिए ।

त्यसपछि उहाँले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिउ । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए ।

उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *