विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
प्रारम्भिक मतगणनामा सभापति पदका उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन् । संस्थापनइतर पक्षका घिमिरेले ४६ मत पाउँदा देउवा–सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापाले ४२ मत ल्याएका छन् ।
प्रदेश १ मा १ हजार ७ सय ५२ मत खसेको थियो ।




