काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षको उम्मेदवारीबाट फिर्ता नहुने स्पष्ट पारेका छन् ।
चितवनमा जारी एमालेको दशौं राष्ट्रिय महाधिवेशन बन्दसत्रको हलले अध्यक्ष ओलीलाई केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गर्ने अधिकार दिने निर्णय गरेको भएपनि रावलले भने अध्यक्षको उम्मेदवारी दिने बताएका हुन् ।
उनले आफु अध्यक्षको उम्मेदवार हुने र बन्दसत्रले गरेको निर्णय नमान्ने बताएका छन् । जवाफमा अध्यक्ष केपी शर्मा ओलीले सहमति कायम हुन नसके निर्वाचन हुने उनले बताएका छन् ।
एमाले नेता योगेश भट्टराईले अध्यक्ष ओलीले गरेको प्रस्तावमा चित्त नबुझे उम्मेदवारी दिने अधिकार सबैलाई भएको समेत बताए । उनले भने,‘पार्टीको अध्यक्षको नाताले केन्द्रीय सदस्य र पदाधिकारीहरुको नाम प्रस्ताव गरेर सहमतिको पहल गर्न जिम्मा दिएको छ । तर उहाँले प्रस्ताव गरेको नाममा सहमति हुन नसक्नेलाई उम्मेदवारी दिन पाउने स्वतन्त्रतालाई हलले खुला नै राखेको छ ।




