समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा सुदूरपश्चिम प्रदेश ०१००९– प २९०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *