काठमाडौं । नेपाल बार एशोसियसनले गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई १५ दिने अल्टिमेटम दिएको छ ।
विज्ञप्ति जारी गर्दै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनअनुसार गोलाप्रथाबाट पेशी तोक्ने सिफारिस कार्यान्वयन गर्न १५ दिनको समय दिएको हो ।
न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै प्रधानन्यायाधीश राणाले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल बारले कात्तिक ७ गते प्रधानन्यायाधीश राणालाई भेटेर छलफल गर्ने र त्यसपछि थप निर्णय लिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।





