समाचार

सम्पत्ति शुद्धिकरणमा प्रेमप्रसाद, खाद्य प्रविधि तथा गुण नियन्त्रणमा वैद्य

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई नियुक्त भएका छन् भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा मतिना वैद्य नियुक्त भएकी छिन् ।

महानिर्देशक भट्टराई यसअघि भक्तपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थिए । महानिर्देशकमा पठाइएका भट्टराई छ महिनामै हटाइएका तत्कालिन महानिर्देशक गजेन्द्र ठाकुर भन्दा अघिल्ला महानिर्देशक रूपनारायण भट्टराईका आफ्नै भाइ हुन् ।

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशमा पठाएका हुन् । यससँगै तत्कालीन महानिर्देशक उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

दुग्ध विकास संस्थान (डीडीसी) को म्याद सकिएको बटर काण्डदेखि विभागमा असोज १ गतेदेखि गर्ने भनिएको विषादी जाँच गर्न नसकेको, युनिलिभरको म्याद सकिएको चिया पत्तिको विषयमा उठीरहेको विबादलगायत बारे मन्त्रालयमा कुरा पुगेपछि उनलाई मन्त्रालयमा तानेर नयाँ महानिर्देशक पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *