काठमाडौं । एमाले र जसपा विभाजन भएर बनेका दल रोज्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले दिएको समय सकिएको छ ।
सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार एमाले र जसपा छाड्ने स्थानीय तहका जनप्रतिनिधी र प्रदेश सांसदअरुलाई आयोगले दल रोज्न आज साँझ ५ बजे सम्मको समय दिएको थियो ।
आयोगले आजसम्म दल रोज्न सयम दिएको थियो । तर सबै तह र प्रदेशमा दल त्याग गर्नेको जानकारी आयोगमा आइनसकेको आयोगले जनाएको छ । आयोगले बुधबारसम्म सबै निर्वाचन आयोगबाट प्रतिवेदन आउने र त्यसपछि मात्रै कतिले नयाँ दल रोजे भन्ने जानकारी आउने जानकारी दिएको छ ।
गत भदौ २ गतेदेखि लागू हुने गरी आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न आयोगले २१ दिनको समय दिएको थियो ।




