हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाले ट्रकसहित दुईजनालाई बगाएको छ ।
शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको १० चक्के ट्रकसहित दुईजनालाई कर्रा खोलाले बगाएको हो। ना४ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
ट्रकसँगै सोही ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अन्दाजी ४०-४२ वर्षीय गणेश थापा मगरलाई बगाएको राठौरले बताए। खोलामा एक्कासि आएको भेलले उक्त ट्रकलाई बगाएको र हराएका दुईजनाको खोजी कार्य भइरहेको घटनास्थलमा राठौरले बताए।




