समाचार

काठमाडौँमा थुप्रिएको फोहोर उठाउन सुरु

काठमाडौँ । एक महिनापछि काठमाडौँमा थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकसहित बसेको बैठकको निर्णय अनुसार फोहोर उठाउन थालिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए । काठमाडौंको फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । सिसडोलमा फोहोर व्यवस्थापनमा पटक–पटक समस्या आउँदा काठमाडौंमा फोहोरको डंगुर थुप्रिने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *