काठमाडौं । नवलपरासी पूर्वमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी, उनकी नातिनीहरू सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन् ।
५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्धार गरिएको छ ।
बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको छ । बिहान करिब २ बजे पहिरो गएको थियो ।




