समाचार

कांग्रेस नेता बस्नेतको पहलमा टुहुरा बालक श्रेष्ठलाई प्लस टुसम्मको अध्ययनको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा एक टुहुरा बालकले प्लस टुसम्मको अध्ययन गर्न पाउने भएका छन् ।

गत वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नागपुजेमा घटेको दुःख पहिरोबाट आमा गुमाएका र बुवाको आर्थिक अवस्था कमजोर भएका आठ वर्षीय रियाज श्रेष्ठले कक्षा ३ देखि प्लस टुसम्मको पठनपाठन गर्न पाउने भएका हुन् ।

कांग्रेसको खेलकुद विभाग प्रमुख तथा विपत् व्यस्थापन समिति संयोजकसमेत रहेका बस्नेतको निर्देशनमा सुनकोसी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकुमार थापा र नेपाली कांग्रेसका सिन्धुपाल्चोक १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र क्षेत्रीय सदस्य रुपकाजी लामाको पहलमा साउन कलेज एन्ड स्कुलसँग समन्वय गरी बालक श्रेष्ठलाई निःशुल्क पठनपाठन गराइने व्यवस्था गरिएको हो ।

कांग्रेस नेता बस्नेतले यसअघि थुप्रै सामाजिक सेवाभावका काम गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *