पोखरा । काँग्रेस नेता रामजी कुँवरको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणपछि उनी निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा ज्यान गुमाएका हुन् ।
उनको सोमबार दिउँसो काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ । यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनी लामो समयसम्म ट्रेड युनियन हक अधिकारका लागि लडेका कांग्रेस नेता हुन् । उनको घर पोखरा ६, बैदाम हो ।




